१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १८ मंगलबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तलबबाट छात्रवृत्ति कोष स्थापना

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:४o:oo

सदरमुकाम चौताराबाट उत्तरमा पर्ने विकट स्थानीय सरकार जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बोले आफ्नो तलब र भत्ताबाट छात्रवृत्ति कोष स्थापना गरेका छन्। स्याङ्बो माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

गरिब, जेहेनदार र प्राविधिक शिक्षा पढ्न चाहनेलाई लक्षित गरेर कोष स्थापना गरिएको अध्यक्ष स्याङ्बोले बताए। यसपटक जुगलको ग्रामीण बस्तीबाट सदरमुकाम चौतारा, राजधानी काठमाडौं र अन्यत्र गएर प्राविधिक विषयमा अध्ययन गरिरहेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
 
‘अध्यक्ष शैक्षिक छात्रवृत्ति कोष’ नाम दिइएको उक्त परोपकार अभियानमा गाउँपालिका, जनप्रतिनिधि र सामाजिक सेवामा लाग्नेले रकम हाल्न पाउने नियम बनाइएको छ। 

‘पाँचवर्षे कार्यकालमा तलब र भत्ताको सबै रकम कोषमा राख्ने मेरो वाचा छ,’ उनले भने, ‘यो कोषमा जम्मा भएको रकमले विकट बस्तीका धेरै बालबालिकाले उच्च शिक्षा हासिल गर्न सकून् ।’ दलित, जनजाति, गरिब र टुहुरा बालबालिका छात्रवृत्तिको प्राथमिकतामा रहने उनले सुनाए। 

अध्यक्ष स्याङ्बोले अभिभावकसहित विद्यार्थीलाई गाउँपालिका कार्यालयमा डाकेर २५ देखि ४० हजारसम्मको छात्रवृत्ति वितरण गरेका छन्। 

विद्यालयको शुल्क र विद्यार्थीको आर्थिक अवस्था मूल्यांकन गरेर छात्रवृत्ति वितरण गरिएको छ। गरिब र जेहेनदार जुगलको विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न कोषको रकम प्रयोग हुने कार्यविधिसमेत तयार गरिएको छ। 

 


 

ad
ad