मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o असार २८ बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विपतबाट क्षति पुगेका ४१ कृषकलाई एक करोड ५७ लाख राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १२:३२:oo

बागमती प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपतबाट प्रभावित ४१ किसानलाई एक करोड ५७ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष ०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्रदेशका ४१ किसानलाई राहतस्वरूप एक करोड ५७ लाख ७५ हजार एक सय ६० रुपैयाँ रकम वितरण गरेको हो। 

मन्त्रालयले प्रदेशका ११ जिल्लाका विभिन्न ४१ वटा फर्म तथा व्यक्तिहरूलाई राहत रकम वितरण गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। उनले स्वीकृत भएको राहत रकम किसानकै खातामा जम्मा भइरहेको बताए।

अधिकारीका अनुसार सबैभन्दा बढी चितवनका १२, मकवानपुरका १०, काभ्रेका आठ, नुवाकोट, ललितपुर र धादिङको दुई–दुई तथा सिन्धुली, भक्तपुर, दोलखा र काठमाडौंका एक–एकजना कृषक तथा कृषि फर्मलाई राहत रकम वितरण गरिएको हो।

कृषकहरूले ६ हजारदेखि १० लाख रुपैयाँसम्म राहत रकम प्राप्त गरेको पनि सूचिना अधिकारी अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार राहत रकम वितरणका लागि मन्त्रालयले ०७९ मंसिर २३ गते सार्वजनिक सूचनामार्फत विपतबाट प्रभावित किसानलाई निवेदन दिन आह्वान गरेको थियो। 

यस्तै, हाल मन्त्रालयमा ६ वटा नयाँ निवेदन दर्ता भएको र ११ वटा निवेदनको कागजातमाथि छानबिन प्रक्रिया सकेर राहत रकम उपलब्ध गराउन निर्देशन समितिमा पेस गर्ने तयारीमा रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए। 

यस आर्थिक वर्षमा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने मन्त्रालयले योजना बनाएको अधिकारीको भनाइ छ।

मन्त्रालयले विपतबाट प्रभावित हुन सक्ने कृषक र कृषि फर्महरूका लागि आगामी आर्थिक वर्ष ०८०/८१ मा समेत पाँच करोड रुपयाँ बजेट विनियोजन गरेको पनि सूचना अधिकारीले अधिकारीले जानकारी दिए।