Skip This
श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Thursday, 19 September, 2024
एजेन्सी हरारे
२o८o असार २५ सोमबार o८:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन

Read Time : > 1 मिनेट
एजेन्सी, हरारे
नयाँ पत्रिका
२o८o असार २५ सोमबार o८:५९:oo

श्रीलंका एकदिवीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बावेको हाररेमा आइतबार भएको फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई एक सय २८ रनको अन्तरले पराजित गर्‍यो । श्रीलंका र नेदरल्यान्ड्स सुपर सिक्सको शीर्ष दुई स्थानमा रहँदै यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट भएका राष्ट्र हुन् । सुपर सिक्समा दुईपटकको पूर्वविजेता वेस्ट इन्डिज, टेस्ट राष्ट्रद्वय आयरल्यान्ड र जिम्बावेसँगै ओमानले प्रतिस्पर्धा गरेका थिए । 

स्कटल्यान्डलाई झिनो रनरेटमा पाखा लगाउँदै नेदरल्यान्ड्सले १२ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । प्रतियोगिताको म्यान अफ दी सिरिज जिम्बावेका सिन विलियम्स भए । उनले प्रतियोगिताभरि ६ सय रन बनाउनुका साथै तीन विकेट हात पारेका थिए । उपाधि भिडन्तमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ४७.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रनको मध्यम योगफल खडा गर्‍यो । उत्कृष्ट फर्ममा रहेको नेदरल्यान्ड्सले श्रीलंकालाई समेत स्तब्ध पार्ने छाँटकाँट देखायो । तर, अनुभवी विश्वस्तरीय श्रीलंकाली बलरसामु नेदरल्यान्ड्स २३.३ ओभरमा एक सय ५ रनमा समेटियो । ग्लोबल छनोटको सुपर सिक्समा श्रीलंका अपराजित रहँदै सर्वाधिक १० अंक जोड्यो । 

महिषको घातक बलिङ
श्रीलंकाले ग्लोबल छनोटमा पहिलोपटक कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । नेदरल्यान्ड्सको कसिलो र तीव्र गतिको बलिङमा श्रीलंकाली ब्याट्सम्यानले खुलेर सामना गर्न सकेनन् । स्कोर बोर्डमा नेदरल्यान्ड्सविरुद्ध श्रीलंकाले चुनौतीपूर्ण योगफल खडा गर्न सकेन । लक्ष्य रक्षा गर्न मैदानमा ओर्लेको श्रीलंकाली बलरसँगै फिल्डरले उत्कृष्ट प्रदर्शन गरे । फिल्डिङमा श्रीलंकाको यी दुवै पक्ष बलियो रहँदा नेदरल्यान्ड्सले लक्ष्य भेटाउन सकेन । श्रीलंकाका लागि दुई बलरले समग्रमा सात विकेट लिए । दिल्सानले सात ओभरमा एक मेडन राखी तीन विकेट लिए । उनले आफ्नो स्पेलमा १८ रन खर्चे । यसैगरी, महिष थिषणले ६.३ ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । वानिन्दु हसरांगाले सात ओभरमा ३५ रन खर्चेर दुई विकेट हात पारे । 
ब्याटिङमा चुक्यो नेदरल्यान्ड्स
बलिङमा सानदार प्रदर्शन गरेको नेदरल्यान्ड्स ब्याटिङमा चुक्यो । नेदरल्यान्ड्सका आठ ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । तीनजना ब्याट्सम्यान शून्य रनमा आउट भए । मुख्य ब्याट्सम्यान वेस्ले वारेसी, तेजा र आयान दत्त शून्य रनमा पेभेलियन फर्केका थिए । नेदरल्यान्ड्सले ९.५ ओभरमा पाँच विकेट गुमाएर ४१ रन बनाएको थियो । सो इनिङ्समा लाभान भान विकले २४ बलमा एक चौकाको सहयोगमा २० रनको योगदान दिए । ओपनर म्याक्स ओ ड्वाडले ६३ बल सामना गरी सर्वाधिक ३३ रन बटुले । विक्रमजित सिंहले १४ बलमा १३ रन बनाए । म्याक्सले नेदरल्यान्ड्सको इनिङ्समा एक मात्र छक्का प्रहार गरे ।