१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २३ शनिबार
  • Sunday, 29 September, 2024
रासस बेइजिङ
२o८o असार २३ शनिबार १६:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनलाई अमेरिकाको प्रस्ताव– आपसी चासोका विषयमा सोझै संवाद गरौँ

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o असार २३ शनिबार १६:५२:oo

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै संवाद गर्न सुझाएको छ। चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा यस्तो प्रस्ताव गरेकी हुन्।  

‘वासिङ्टन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे चासो भए सोझै संवाद गर्नुपर्छ। हालैको तनावका बाबजुद हामीले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यले पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त स्थान रहेको स्पष्ट हुन्छ,’ अमेरिकी अर्थमन्त्रीले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिँदै चिनियाँ उपप्रधानमन्त्रीलाई भनिन्।

चीनको चारदिने भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचका तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना व्यक्त गर्दै आपसी साझेदारी बढाउने प्रयास गरेकी छिन्।

चिनियाँ उपप्रधानमन्त्रीले गत नोभेम्बरमा राष्ट्रपति जो बाइडेन र सी जिनपिङबीच भएको भेटवार्तापछि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिङ्टनले बेवास्ता गरेको र दुई राष्ट्रप्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकामा खेद प्रकट गरेका थिए। सामान्य विषयमा दुई मुलुकबीचको सम्बन्धमा समस्या हुन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले अमेरिकाको ध्यान आकर्षित गरेका थिए।