१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o असार १९ मंगलबार १o:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेता जहाज चढेर धान रोपेर गए, किसान मलको लाइनमा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार १o:४४:oo

असारमा रोपाईंमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलकै चिन्तामा छन् । रोपाईं छाडेर मल विक्रि केन्द्रमा धाउनु उनीहरुको बाध्यता हो । खेत रोप्दा डिएपी र पोटास मलको आवश्यकता हुन्छ भने रोपेको एक महिनासम्म धान गोड्नुपर्छ । त्यो समयमा युरिया हालिन्छ ।

तर, चितवनसहितका किसानहरुले मल नपाउँदा विगत ६ वर्षदेखि सिजनमा यस्तै सास्ती भोग्न परेको छ। यही भरतपुरमा १५ असारमा शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान रोपाईं महोत्सव मनाउन चितवन आएका थिए । ओली र लामिछाने अघिल्लो दिनै जहाजमा धान रोप्न भनेर चितवन आएका थिए ।

लामिछानेले एक कार्यक्रममा आफुले प्रतिपक्षमा बसेर पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएको र अहिले विगतको जस्तो मल अभाव नरहेको समेत बताएका थिए ।