सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट पास गर्न मतदान प्रक्रिया सुरु भएको छ। बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतदान प्रक्रिया सुरु भएको हो।
विनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गर्दै गर्दा एमालेले मत विभाजनको माग गरेपछि मतदान प्रक्रियामा गएको हो।