मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असार ११ सोमबार
  • Monday, 14 July, 2025
२o८o असार ११ सोमबार २१:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा प्रि–मनसुन वर्षाको कहर, कम्तीमा २० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार २१:१८:oo

पाकिस्तानका विभिन्न क्षेत्रमा आइतबार र सोमबार भएको अत्यधिक वर्षा र चट्याङका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्। 

५० भन्दा बढी घाइते भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। पन्जाबका अधिकांश क्षेत्रमा भारी मेघ गर्जनसहित भारी वर्षा भइरहेको छ। वर्षाको प्रभाव आगामी बिहीबारसम्म रहने मौसमविद्हरूले जनाएका छन्।

पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद असरफले सिन्ह्वालाई जानकारी दिएअनुसार आइतबार राति परेको चट्याङका कारण आठजनाको ज्यान गएको छ। १२ जना गम्भीर घाइते भएका छन्। 

राजधानी इस्लामाबादको उपनगरमा रहेको सहजाद टाउन क्षेत्रमा आइतबार राति अत्यधिक वर्षापछि भत्किएर घरको छाना खस्दा एकै परिवारका पाँचजनाको पुरिएर ज्यान गएको छ। 

भारी वर्षापछि प्रदेशका अन्य क्षेत्रबाट पनि मृत्यु र घाइतेको खबर आइरहेको छ। प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीहरूले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन्।

प्रि–मनसुन वर्षाले सोमबार बिहान देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा पनि असर गरेको थियो। यसअघि पाकिस्तान मौसम विभाग (पिएमडी) ले आइतबारदेखि देशमा प्रि–मनसुन वर्षा सुरु हुने भविष्यवाणी गरेको थियो जुन ३० जुनसम्म जारी रहने अनुमान गरिएको छ। (सिन्ह्वाकाे सहयाेगमा)