Skip This
श्रीलंकाको जितसँगै आयरल्यान्ड बाहिरियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Friday, 20 September, 2024
एजेन्सी बुलावायो
२o८o असार ११ सोमबार o७:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रीलंकाको जितसँगै आयरल्यान्ड बाहिरियो

Read Time : > 1 मिनेट
एजेन्सी, बुलावायो
नयाँ पत्रिका
२o८o असार ११ सोमबार o७:४६:oo

टेस्ट राष्ट्र आयरल्यान्ड एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बावेको बुलावायोमा आइतबार आयरल्यान्डले समूह ‘बी’मा लगातार तेस्रो हारको सामना गरेपछि ग्लोबल छनोटबाटै बाहिरिएको हो । पूर्वविजेता श्रीलंकासँगको तेस्रो खेलमा आयरल्यान्ड एक सय ३३ रनको विशाल अन्तरले पराजित भयो । समूह ‘बी’बाट आयरल्यान्डको हारसँगै श्रीलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा छनोट भएका छन् । 

तीन खेल गुमाएको आयरल्यान्डको शून्य अंक छ । आयरल्यान्डले एक खेल खेल्न बाँकी छ । स्कटल्यान्ड र श्रीलंकाले लगातार तेस्रो खेलमा जित निकाली समान ६ अंक जोडेका छन् । रनरेटमा श्रीलंका शीर्ष स्थानमा छ । स्कटल्यान्ड दोस्रो स्थानमा छ । पूरै चार खेल खेलेको ओमान चार अंकका साथ तेस्रो स्थानमा छ । बुलावायो मैदानमा श्रीलंकाले पहिलो ब्याटिङ गरी ४९.५ ओभरमा सबै विकेट गुमाएर तीन सय २५ रनको विशाल योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा आयरल्यान्ड ३१ ओभरमा एक सय ९२ रनमा अलआउट हुँदा एक सय ३३ रनले पराजित भयो । आयरल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन श्रीलंकाका वानिडु हसारांगाले घातक बलिङ गरे । उनले १० ओभरमा ७९ रन खर्चेर आयरल्यान्डका पाँच मुख्य ब्याट्सम्यानलाई पेभेलियन पठाए । आयरल्यान्डको ब्याटिङमा काउटिस क्याम्फेरले सर्वाधिक ३९ रन जोडेका थिए ।  

यसअघि ब्याटिङ गरेको श्रीलंकाका लागि दोस्रा ओपनर दिमुथ करुनारत्नेले शतकीय इनिङ्स खेले । उनले १०३ बलमा एक सय तीन रन बटुले । यसक्रममा उनले आठ चौका प्रहार गरे ।   

स्कटल्यान्ड लगातार तेस्रो खेलमा विजयी
समूह ‘बी’को अर्को खेलमा स्कटल्यान्डले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै ओमानमाथि ७६ रनको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर तीन सय २० रन बनायो । प्रत्युत्तरमा ओमानले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो । स्कटल्यान्डका ब्रान्डोन म्याकमुलमले एक सय ३६ रन जोडेका थिए । उनले १२१ बलमा १४ चौका र तीन छक्का प्रहार गरेका थिए ।