१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ५ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होटेल संघको टोली पर्यटन प्रवर्द्धन गर्न बंगलादेशमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १o:३o:oo

बंगलादेशमा नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने र धेरैभन्दा धेरै बंगलादेशी पर्यटकलाई नेपाल भिœयाउने उद्देश्यसहित होटेल संघ नेपालको टोली बंगलादेश गएको छ । संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटेल व्यवसायीको टोली बंगलादेश पुगेको हो । 

संघले नेपाल पर्यटन बोर्ड र बंगलादेशमा रहेको नेपाली दूतावासको सहकार्यमा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । जुन २१ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरूको उपस्थितिमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बिटुबी कार्यक्रम तथा विशेष रात्रिभोजको आयोजना गरिएको संघले जनाएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने संघले विश्वास व्यक्त गरेको छ । 

उक्त अवसरमा होटेल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटेल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटेल क्षेत्रमा भएका अभ्यासहरूको आदान–प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पपनि रहेको संघले जनाएको छ ।टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्बद्ध निकायहरूसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।