१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Saturday, 21 September, 2024
२o८o असार ५ मंगलबार o७:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मार्जिन ट्रेडिङ कर्जाका लागि १० अर्बको कोष बनाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार o७:५३:oo

लगाीकर्ताहरूले मार्जिन ट्रेडिङ कर्जाका लागि तत्काल १० अर्बको कोष खडा गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । सोमबार लगानीकर्ताले नेपाल राष्ट्र बैंकलाई उक्त सुझाव दिएका हुन् । विशेषगरी, आगामी आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिमा यस्तो नीति ल्याउनुपर्ने उनीहरूको माग छ । 

यस्तै, सेयर दलालहरूलाई स्थायी रूपमा मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न आवश्यक पर्ने वित्तीय स्रोत उपलब्ध गराउन गैरबैंकिङ वित्तीय संस्था स्थापना गर्नुपर्ने माग पनि गरिएको छ ।

सामूहिक लगानी कोषका एकाइ, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्र, बचतपत्रहरूको अंकित मूल्यको ९५ प्रतिशतसम्म कर्जा प्राप्त हुने व्यवस्था पनि ल्याउनुपर्ने उनीहरूको माग छ ।