१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ३२ बिहीबार १८:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालका पार्टीहरू सत्तामा गएर सम्पति कमाउन मात्रै एकता गर्छन् : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ३२ बिहीबार १८:२५:००

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका पार्टीहरूले सत्तामा जान र सत्तामा गएर सम्पत्ति कमाउन मात्रै एकता गर्ने गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेको कुरातर्फ इंगित गर्दै उनले को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको प्रतिक्रिया दिए। बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै केसीले यस्तो बताएका हुन्।

आगामी आर्थिक वर्षको बजेट कटौती गर्ने भए गोरखा, डडेल्धुरा र नुवाकोटमा गएको बजेट कटाउनुपर्ने उनको भनाइ छ। तीनजनाले मात्रै कुल बजेटको ५१ प्रतिशत बजेट लगेको भन्दै केसीले आपत्ति जनाएका छन्।