मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १ सोमबार
  • Friday, 28 August, 2026
२o८o जेठ १ सोमबार १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मानव तस्करीमा संलग्नलाई कडा कारबाही हाेस् : सांसद केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १६:३१:oo

सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरू नै संलग्न हुनु दुःखद भएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे।  

सांसद केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको बताए।