१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन : केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:२२:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएकाले पास हुन नसक्ने दाबी गरेका छन्।आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने भएकाले बजेटमाथिको छलफल जनता भुलाउने काम मात्रै भएको टिप्पणी गरे।

‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन। तर, नेपालमा जे पनि गर्न मिल्छ। बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन। यो समय बिताउने मात्रै हो। नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन् । खर्च कटौती गरी रुपैयाँ कायम गर्ने कुरा बेकारको कुरा हो,’ उनले भने।

केसीले अहिलेका राजनीतिक दलहरूले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए। राजनीतिक दलहरूले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन गरिरहेको आरोप लगाए।

उनले भने, ‘यिनीहरूले संसदीय पद्धतिका कुरा गर्ने र जनतालाई उल्लु बनाउनेबाहेक केही होइन। मुख्य कुरा दाउपेच र
कसलाई छक्याएर सत्ताको रसास्वादन गर्नुपर्छ भनेर नाटक गरिरहेका छन्। बजेटमा भेदभाव छ, अन्याय छ। बजेट पास हुन कठिन छ।’

ad
ad