मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २१ आइतबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’को नक्साबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २१ आइतबार १३:०६:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको नयाँ संसद् भवनमा नेपाली भूमि समेटेर बनाइएको अखण्ड भारतको नक्साका विषयमा संसद्लाई जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेका छन्।

प्रधानमन्त्रीले यस विषयमा संसद्को रोस्ट्रममा आएर जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने उनको चेतावनी छ। आइतबार प्रतिनिधिसभा बैठकमा एमालेको अवरोधपछि लिङ्देनले बोल्ने समय पाएका थिए। 

‘उहाँ (प्रधानमन्त्री) भारत भ्रमणमा निस्कनुभन्दा अगाडि भारतले आफ्नो नयाँ संसद् भवनको उद्घाटन गर्‍याे। र, त्यहाँ अखण्ड भारतको एउटा नक्सा राखियो । जहाँ नेपालको महत्वपूर्ण भूमि लुम्बिनी, कपिलवस्तु समावेश गरेर प्रकाशित गरिएको छ ।  त्यसबारे उहाँले के उठाउनुभयो ? त्यसबारे के छलफल भयो ?’ लिङ्देनले प्रश्न गरे।

उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे।

‘बाबुआमा नागरिक भएका, तर छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजारौँ उमेर पुगेका मानिसले नागरिकता पाउनुपर्दछ। र, उनीहरूका लागि चाँडोभन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनुपर्दछ भन्ने कुरामा हामी कसैको दुईमत छैन। तर, अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र त्यो पनि जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो। त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर विरोध र भर्त्सना गर्दछ,’ लिङ्देनले भने।