१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ११ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलस्रोतहरूको पूजा गरी मनाइयो सिठी नख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १४:२५:oo

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिठी नख पर्व मनाएका छन्। 

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा–आराधना यो पर्व मनाउने गरिन्छ। यसबारेमा मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पुज्ने उल्लेख छ।

सिठी पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ। यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले आज विशेष गरी यो पर्व मनाउने भक्तपुरको क्वाठन्डोका सूर्यबहादुर मुस्याख्वले बताए। 

आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ। देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा–आराधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ। 

सत्ययुगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा–आराधना गरी यो पर्व मनाउने गरिएको हो। षष्ठीबाट अपभ्रंश भई कुमार कार्तिकेयलाई सिठी पनि भन्ने गरिन्छ।