पार्टी वा सभा समारोहमा जाँदा मानिसहरू राम्रो डिजाइनका कपडामा मिठो बास्ना आउने पर्फ्युम लगाउन रुचाउँछन् । त्यस्तै, मानिसले उपहारमा पनि पर्फ्युम दिने चलन छ । तर, हामीले राम्रो गुणस्तरको पर्फ्युम छान्न जरुरी छ, जसको बास्ना मिठो होस् र लामो समय टिकोस् ।
अनलाइन मार्केटमा पनि अहिले धेरै पर्फ्युम पाइन्छन् । यी किन्दा पनि विश्वासिलो ठाउँबाट मात्रै लिनुपर्छ । यदि तपाईं प्रत्यक्ष रूपमा पसलमा जानुभएको छ भने हाई कपी पर्फ्युम छनोट गर्दा गुणस्तर चेक गरेर मात्रै छान्नु राम्रो हुन्छ । सफ्ट पर्फ्युम प्रयोग गर्ने वा हार्ड प्रयोग गर्ने भन्ने विषय मानिसको रोजाइमा भर पर्छ । भेनिला, चकलेट, साइट्रस, फ्लावर, अत्तरलगायत विभिन्न फ्रेगनेन्समा पर्फ्युम पाइन्छन् ।
नेचुरल इग्रिडियन्स भएका पर्फ्युम राम्रो मानिन्छ । अल्कोहलिक पर्फ्युमबाट टाढै रहँदा राम्रो हुन्छ । डिपी र इडिटी गरी दुई प्रकारका पर्फ्युम पाइन्छन् । फ्रेगनेन्स लेभल हाई हुने भएकाले इडिपीयुक्त पर्फ्युम लामो समय टिक्छ । इडिटी थोरै समय टिक्छ ।
भिक्टोरिया सिक्रेट, कोको च्यानललगायत पर्फ्युम लेडिजहरूको रोजाइमा पर्ने गरेको छ । यता, जेन्सको रोजाइमा डायो सौवाज, भर्साची इरोजलगायत ब्रान्ड पर्छन् । इडिपी होस् कि इडिटी, दुवै पर्फ्युमका ओरिजिनल ब्रान्ड दुई दिनसम्म कपडामा टिक्छ भने हाई कपी एक दिन टिक्छ ।