१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुपर दोर्दी ‘ख’को ५४ मेगावाट विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१७:oo

लमजुङको दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिने भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले ०८० साल असारभित्र आयोजनाबाट विद्युत् उत्पादन थाल्ने तयारी थालेको हो । 

जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजना निर्देशक अर्जुन गौतमले बताए । आयोजनाको बाँध, विद्युत्गृह, सुरुङमार्ग निर्माण, उपकरण जडानलगायतका काम सम्पन्न भएको गौतमको भनाइ छ । आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत असार १ गते  दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पु¥याउँदा तालिका प्रभावित भएको हो ।

आयोजनाले प्रसारण लाइनसमेत आफैँ निर्माण गरेको छ । ०७६ फागुनदेखि विद्युत् उत्पादन गर्ने सुरुवाती तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी र कोरोनाको असरले निर्माण प्रभावित हुँदा पछाडि धकेलिएको आयोजनाका निर्देशक गौतमले बताए । बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्षपछि धकेलिन पुगेको आयोजना निर्देशक गौतम बताउँछन् । 

लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रूपमा बनेका छन् । आयोजनाको विद्युत्गृहसमेत भूमिगत रहनेछ । कुल आठ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो । तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न सातवटा बैंकले पाँच अर्ब ८० करोड लगानी गरेका छन् । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ । ०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो । 

आयोजनाबाट उत्पादित हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसन ल्याएर जोडिनेछ । आयोजनाको ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो । आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो ।  पानीको बहाबमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण थाल्दा ४९.६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको छ । दोर्दी खोलामा निर्माणाधीन सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनापछिको सबैभन्दा ठूलो आयोजना हो । 

ad
ad