१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ढाड दुखाइ कम गर्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३७:oo

ढाड दुख्ने केही कारण 
- बसाइ नमिल्दा ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयसम्म एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाड दुख्ने समस्या हुन्छ । 

- ढाडको नसा च्यापिएमा पनि ढाड दुख्छ । लिगामेन्टमा हुने समस्या, स्पाइनल कर्डमा आउने समस्याका कारण पनि ढाड दुख्ने हुन सक्छ । 

- पेटमा हुने समस्या, दिसा–पिसाबमा हुने इन्फेक्सन आदिका कारण पनि ढाड दुख्ने हुन्छ । तौल धेरै भएको मान्छेमा, मधुमेह, मोटोपना, तनाव, गर्भवती महिला, स्पाइनको क्यान्सर, किड्नीको इन्फेक्सन आदिका कारण ढाड दुख्छ । 

- अव्यवस्थित जीवनशैली, खराब खानपान, पित्तथैलीमा स्टोन छ भने पनि ढाड दुख्ने समस्या हुन्छ । 

- वृद्धावस्थाका मानिसमा ढाडको हड्डी खिइने, हड्डी पातलो हुने कारण ढाडमा समस्या देखा पर्छ । वृद्धहरूको स्पाइनल कर्डछेउको भाग साँघुरो हुँदै जान्छ । त्यसैले ढाड दुख्ने समस्या हुन्छ । 

- कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, काम गर्ने, मोबाइल चलाउने, टिभी हेर्ने मान्छेमा ढाड दुख्ने समस्या देखिने गरेको छ । 

समाधानका केही उपाय
- साधारण कारणले ढाड दुखेको छ भने फिजियोथेरापी गर्नुपर्ने हुन्छ । थेरापी गर्ने, दुई हप्ताजति घरमा आराम गर्ने, दुखेको ठाउँमा आइस प्याक राख्ने गर्दा पनि दुखाइ कम हुन्छ । शारीरिक व्यायामले पनि सामान्य प्रकृतिका ढाड दुखाइ कम भएर जान्छ । धेरै दुखाइ छ भने इन्जेक्सन लगाएर केही समयका लागि दुखाइ कम गर्न सकिन्छ ।

- मेरुदण्डमा समस्या भएको, नसा च्यापिएको, मासु च्यापिएको, डिस्क निस्केकोलगायत समस्या एक्सरे, सिटी स्क्यान, एमआरआईबाट थाहा हुन्छ । बोन स्क्यान गर्दा पनि हड्डीमा भएका स–साना समस्या थाहा पाउन सकिन्छ । यसका लागि पनि एक्सारसाइजहरू गर्‍यौँ भने पनि ठीक हुन सक्छ । यसले पनि काम गरेन भने समस्याको प्रकृति हेरेर अप्रेसन गर्नुपर्ने हुन्छ । 

- पिसाब, दिसा र रगतको जाँचबाट पनि मेरुदण्डमा हुने समस्या थाहा पाउन सकिन्छ । मेरुदण्डमा दुई किसिमको दुखाइ हुन्छ– ‘एक्युट पेन’ र ‘क्रोनिक पेन’ । एक्युट पेन तीन महिनापछि आफैँ सन्चो हुन्छ । क्रोनिक पेन तीन महिनाभन्दा बढी हुन सक्छ । यो दुखाइ अलि खतरनाक हुन सक्छ । 

बच्न के गर्ने ?
- लामो समयसम्म एकै ठाउँमा बस्नुहुँदैन । एक घन्टा लगातार कुर्सीमा बसियो भने ५–१० मिनेट हिँड्नुपर्छ ।

- अगाडि धेरै झुकेर काम गर्नेमा ढाड दुख्ने समस्या हुन सक्छ । त्यसैले निहुरिएर केही काम गर्नुपरे अथवा सामान उठाउनुपरे बिस्तारै उठाउनुपर्छ । 

- शरीरमा क्याल्सियमको कमी भयो भने पनि ढाड दुख्छ । त्यसैले क्याल्सियम भएका खानेकुरा (दूध र यसबाट बन्ने खानेकुरा) प्रशस्त खानुपर्छ । शारीरिक व्यायाम नियमित गर्नुपर्छ । 

ad
ad