१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नासभिल
२०७९ चैत १५ बुधबार ०८:११:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाको विद्यालयमा गोलाबारी, तीन बालबालिकासहित ६ को ज्यान गयो

Read Time : < 1 मिनेट
नासभिल
२०७९ चैत १५ बुधबार ०८:११:००

अमेरिकाको नासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलाबारीमा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । नासभिलको कोभिन्ट प्राथमिक विद्यालयकी एक पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीले बताएको छ ।

आक्रमणमा नौ वर्षका तीन बालबालिका र तीनजना शिक्षक मारिएको प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेल पनि प्रहरीको कारबाहीमा मारिएकी छिन् । तीनदेखि ११ वर्षका बालबालिकालाई पढाइने उक्त विद्यालय निजी क्षेत्रबाट सञ्चालित क्रिस्चियन स्कुल हो ।

गोलीकाण्डपछि विद्यालयले एक विज्ञप्ति जारी गर्दै विद्यालय परिवार स्तब्ध भएको जनाएको छ । ‘हामी अकल्पनीय क्षतिको शोकमा छौँ, हाम्रो पाठशाला र गिर्जाघर चकनाचुर भएको छ, हामी हाम्रा छात्रछात्रा, शिक्षक र कर्मचारीको कल्याणमा केन्द्रित छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

गत साता डेनभरको एउटा विद्यालयमा भएको गोलीकाण्डमा दुईजना घाइते भएका थिए । एक अमेरिकी संस्थाका अनुसार सन् २०२३ प्रारम्भ भएयता १२९ वटा गोलीकाण्ड भइसकेका छन्, जसमा चारजनाभन्दा बढीको ज्यान गएको छ ।