१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४२:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत लिने भएका छन्। सत्तारूढ दल एमाले र माओवादीबीच मन्त्रालयको भागबन्डा मिलेपछि मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने भएका हुन् । 

गत चैत २७ मा कँडेल माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। आज दिउँसो ३ बजे मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका एक सांसद छन् । प्रदेशमा नेपाली कांग्रेसका १४, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री कँडेललाई सत्तारूढ गठबन्धन दलले विश्वासको मत दिए सहजै बहुमत पुग्छ ।

ad
ad