१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Sunday, 29 September, 2024
२o७९ फाल्गुण ३० मंगलबार १o:३९:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ओस्कारमा ‘एभ्रिथिङ एभ्रिह्वेयर  अल एट वान्स’लाई सात अवार्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार १o:३९:oo

अमेरिकाको लस एन्जलसमा आयोजित ९५औँ एकेडेमी अवार्ड (ओस्कार)मा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ले सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट स्क्रिन प्ले र एडिटिङसहित सर्वाधिक सात विधामा अवार्ड जितेको छ । यही फिल्मबाट सर्वोत्कृष्ट निर्देशकमा ड्यानियल क्वान र ड्यानियल साइनर्ट, सर्वोत्कृष्ट अभिनेत्रीमा मिसेल यो, सर्वोत्कृष्ट सपोर्टिङ अभिनेत्रीमा जेमी लि कर्टिस र सर्वोत्कृष्ट सपोर्टिङ अभिनेतामा कि हुवे क्वानले अवार्ड जिते ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘द ह्वेल’बाट ब्रेन्डन फ्रासरले जिते । जर्मन फिल्म ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले इन्टरनेसनल फिचर फिल्मतर्फको अवार्ड जित्यो । सर्ट डकुमेन्ट्रीतर्फ ‘द एलिफेन्ट ह्विस्परस’ र फिचर डकुमेन्ट्रीतर्फ ‘नाभाल्नी’ले अवार्ड जित्यो । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ‘नाटु–नाटु’ ले ओरिजिनल गीततर्फको अवार्ड जित्यो । 

पाँच वर्षमा खिचिएको ‘द एलिफेन्ट ह्विस्परर्स’
३९ मिनेट लामो ‘द एफिलेन्ट ह्विस्परर्स’ ओस्कारमा सर्ट डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट घोषित भएको छ । भारतीय प्रडक्सन कम्पनीको ब्यानरमा निर्माण भएको डकुमेन्ट्रीले ओस्कार अवार्ड जितेको यो पहिलो अवसर हो । यसको निर्देशन कार्तिकी गोन्साल्विसले गरेकी हुन् । त्यस्तै, निर्माण गुनित मोगाले गरेकी हुन् ।

यो डकुमेन्ट्रीमा एउटा सानो हात्ती र मानिसबीचको प्रेमलाई देखाइएको छ । दक्षिण भारतीय दम्पती बोमन र बेलीले एक अनाथ छावालाई आफ्नो सन्तानसरह गर्ने प्रेम नै डकुमेन्ट्रीको मुख्य कथा हो । तमिल भाषाको यो डकुमेन्ट्री ८ डिसेम्बर २०२२ मा नेटफ्लिक्सबाट प्रसारण भएको थियो । 

डकुमेन्ट्री निर्माणका क्रममा निर्देशक कार्तिकीले पाँच वर्षसम्म बोमन र बेलीको जिन्दगीलाई नजिकबाट फलो गरेकी थिइन् । ‘बच्चा हात्ती निकै प्यारा हुन्छन् । मलाई हात्तीसँग घुलमिल हुन एक वर्ष लागेको थियो । त्यसपछि फिल्म रेकर्ड गर्न खासै अप्ठ्यारो भएन,’ कात्र्तिकीले भनिन् । यस अवधिमा चार सय ५० घन्टाको भिडियो फुटेज रेकर्ड गरिएको थियो ।

सानो हात्तीसँग रघुले बिताएका सबै पललाई भिडियोमा रेकर्ड गरिएको थियो । निर्देशकका अनुसार रघुसँगको सर्ट क्याप्चर गर्नका लागि हात्तीलाई नरिवल मिसाइएको खाना खुवाउने गरिएको थियो, त्यसपछि हात्ती खुसी हुन्थ्यो र भिडियो रेकर्ड गर्न सहज हुन्थ्यो । तमिलनाडुको मदुमलाई आरक्षण क्षेत्रमा खिचिएको यस फिल्मले प्रकृति र जनावरप्रतिको आदिवासीहरूको प्रेम, पर्यावरण संरक्षणको भारतीय संस्कृति र परम्परालाई देखाएको छ ।

मिसेल यो सर्वोत्कृष्ट अभिनेत्री
मलेसियन मिसेल योले ओस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने पहिलो एसियन बनेर इतिहास रचेकी छिन् । ‘मलाई यो साँझमा हेरिरहेका सबै साना बाबुनानीहरूलाई म भन्न चाहन्छु, यो एक आशा र सम्भावनाको संकेत हो,’ अवार्ड ग्रहण गरिसकेपछि उनले भनिन् ।  

नाटु–नाटुको इतिहास 
एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म आरआरआरको ‘नाटु–नाटु’ बोलको गीतले सर्वोत्कृष्ट ओरिजिनल गीतको अवार्ड हात पारेको छ । भारतको कुनै पनि गीतले यस विधामा अवार्ड जितेको यो पहिलो अवसर हो । चन्द्राबोसले लेखेको यस गीतलाई काला भैरव र राहुल सिप्लिगन्जले गाएका हुन् । यसअघि गत महिना मात्रै यसले गोल्डेन ग्लोब्स अवार्ड जितेको थियो । भारतीय प्रडक्सनकै ‘द एलिफेन्ट ह्विस्पर्स’ले सर्ट डकुमेन्ट्रीतर्फ अवार्ड जितेको छ ।