मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ फाल्गुण २६ शुक्रबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सगरमाथा जलविद्युतकाे आरक्षित सेयर बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार ११:o७:oo

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले इलाम जिल्लामा स्थायी बसोवास गर्ने स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको साधारण सेयर बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले स्थानीयका लागि छुट्याइएको ११ लाख २० हजार कित्ता सेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि छुट्याएको चार लाख ३६ हजार आठ सय कित्ता सेयर बाँडफाँट भएको हो । 

स्थानीयवासीलाई बाँडफाँट गर्दा १० कित्तादेखि तीन हजार कित्तासम्म आवेदन दिने आवेदकलाई मागबमोजिम, तीन हजार एक सय ५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने आवेदकलाई तीन हजार ८० कित्ता र तीन हजार एक सय ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिने ६५ जनामध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता सेयर बाँडफाँट भएको जनाइएको छ । 

त्यस्तै, विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई छुट्याइएको सेयर १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिने आवेदकलाई मागबमोजिम, ४० कित्तादेखि पाँच हजार कित्तासम्म आवेदन दिने आवेदकलाई ३० कित्ता र ४० कित्तादेखि पाँच हजार कित्तासम्म आवेदन दिने नौ हजार पाँच सय ४१ जनामध्ये गोलाप्रथाबाट ६ हजार आठ सय ३२ जनालाई थप १० कित्ता गरी जम्मा चार लाख ३६ हजार आठ सय कित्ता सेयर बाँडफाँट भएको प्रभु क्यापिटलले जनाएको छ ।