१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिजेलमा मिसावट गर्ने चालकलाई ट्यांकर चलाउन आजीवन प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३४:oo

नेपाल आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालयमा चारवटा ट्यांकरले ल्याएको ८० हजार लिटर डिजेलमा मिसावट गर्ने ट्यांकरधनी र चालक तथा सहचालकलाई कारबाही गरिएको छ । डिजेलमा मिसावट पुष्टि भएपछि निगम व्यवस्थापनले मंगलबार साँझ चारवटै ट्यांकरधनीलाई पेट्रोलियम पदार्थ गुणस्तर नियन्त्रण बिनियमावली, ०६४ को दफा २२.५.४ अनुसार कारबाही गरिएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘चारवटै ट्यांकरमा रहेको डिजेलको नमुना काठमाडौंस्थित प्रयोगशालामा परीक्षण गर्दा केही न केही अन्य पदार्थको मिसावट भएको पुष्टि भएको छ,’ उनले भने, ‘थप परीक्षणका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)को प्रयोगशालमा लैजाने निर्णय भएको छ । त्यहाँ परीक्षण भएपछि भने कुन पदार्थ मिसावट भएको भन्ने बारे यकिन रिपोर्ट आउने अपेक्षा छ ।’ 
त्यस्तै, चारवटा ट्यांकरका चालक तथा सहचालकलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार इन्धन ढुवानी गर्ने ट्यांकर चलाउन आजीवन प्रतिबन्ध लगाइएको छ ।  त्यसैगरी, आइओसीबाट मिसावट परीक्षणको अन्तिम नतिजा आइसकेपछि ट्यांकरधनीबाट ८० हजार लिटर डिजेलको हर्जानासमेत तिराउने निर्णय भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । 

‘मिसावटका कारण निगमलाई ८० हजार लिटर डिजेल नोक्सानी भएको छ । यसको हर्जाना तिराउने पनि निर्णय भएको छ । तर, आइओसीबाट अन्तिम रिपोर्ट प्राप्त भएपछि यसबारे निर्णय लिइनेछ,’ उनले भने । १० फागुनमा चारवटा ट्यांकरले आइओसीको सिलगुडी डिपोबाट ल्याएको ८० हजार लिटर डिजेलमा मिसावटको आशंका भएपछि निगमले छानबिन समिति बनाएको थियो । सोही छानबिन समितिले गत आइतबार प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कारबाहीको कदम चालिएको प्रवक्ता उपाध्यायले बताए । प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठित छानबिन समितिमा निगमको कोसी प्र्रादेशिक कार्यालय, विराटनगरमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य रहेका थिए ।

 


 

ad
ad