१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Sunday, 08 September, 2024
सौरभ यादव सप्तरी
२o७९ माघ २५ बुधबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

श्रमिकको शवमा पनि हुने ठगीबारे मधेस सरकारको ध्यानाकर्षण : दोषीलाई कारबाही गर्न मुख्यमन्त्री यादवको निर्देशन

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार o६:१६:oo

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकको शवमा पनि ठगी भएको विषयमा मधेस सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री सरोज यादवले मृतक परिवारले पाउने सहायता र बिमाबापतको रकममा भइरहेको ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए । 

मंगलबारको नयाँ पत्रिकामा ‘श्रमिकको शवमा पनि ठगी’ शिर्षकको प्रमुख समाचार प्रकाशित गरेको थियो । समाचारमा मधेशमा त्यसरी ठगिएका केही पीडितको उहाहरणसमेत थियो । समाचार प्रकाशित भएलगत्तै मुख्यमन्त्री यादवले चासो व्यक्त गरेका हुन् । 

‘मधेशका जनता घर परिवार चलाउन विदेश जानुपर्ने विदेश जानुपर्ने बाध्यतामा छन् । रोजगारीकै क्रममा ज्यान गुमाएका श्रमिकको परिवार राज्यबाट पाउने सहायता र बिमावापतको रकममा दलाल र बिमा कम्पनीहरूबाटै ठगी हुने गरेको समाचारमा आएका छन् । यो दुर्भाग्य हो । यसमा मधेश सरकारको ध्यानाकर्षण भएको छ । यस्तो कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गरिन्छ,’ मुख्यमन्त्री यादवले भने, ‘दोषीहरूमाथि आवश्यक कारवाहीका लागि गृहमन्त्रीलाई निर्देशन दिएको बताए । ‘त्यस्ता बिचौलियाहरूलाई कडा कारबाही हुन्छ’, उनले भने । 

मधेसी आयोगको पनि चासो
ठगीको विषयमा मधेसी आयोगले पनि ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष डा. विजयकुमार दत्तले भने  घटना बारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको बताए । ‘श्रमिकको शवमा पनि ठगी शीर्षकमा प्रकाशित समाचारप्रति  हाम्रो ध्यानाकर्षण छ,’ आयोगका अध्यक्ष दत्तले भने, ‘पीडितलाई न्याय र दोषीमाथि कारवाहीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएका छौं । विदेशमा ज्यान गुमाएको कामदारको शवमा पनि कमिसन खानेहरूलाई कडा कारवाही हुनुपर्छ ।’

सरोज यादव, मुख्यमन्त्री, मधेस
मधेसका जनता घरपरिवार चलाउन विदेश जानुपर्ने बाध्यतामा छन् । रोजगारीकै क्रममा ज्यान गुमाएका श्रमिकको परिवारले राज्यबाट पाउने सहायता र बिमाबापतको रकममा दलाल र बिमा कम्पनीहरूबाटै ठगी हुने गरेको समाचार आएका छन् । यो दुर्भाग्य हो । यसमा मधेस सरकारको ध्यानाकर्षण भएको छ । यस्तो कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गरिन्छ । दोषीहरूमाथि आवश्यक कारबाहीका लागि गृहमन्त्रीलाई निर्देशन दिएको बताए । ‘त्यस्ता बिचौलियाहरूलाई कडा कारबाही हुन्छ ।