१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रासस ढोरपाटन
२o८१ भदौ २३ आइतबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले निसीखोलाका १३ सय घर बिजुलीविहीन

Read Time : < 1 मिनेट
रासस, ढोरपाटन
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १३:o२:oo

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि बागलुङको निसीखोला गाउँपालिकाका एक हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

निसीखोला गाउँपालिका– ४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

आयोजनाबाट उत्पादन बन्द भएसँगै बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए। निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठुलो क्षति गरेको उनले बताए।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताए। वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनको भनाइ छ। विद्युत् आयोजनाको मुहाननजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले जानकारी दिए।