१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रेशमबहादुर खड्का जाजरकोट
२o८१ भदौ २३ आइतबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारेकोट पहिरोमा घाइते बालिकाकाे हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८१ भदौ २३ आइतबार १२:१८:oo

जाजरकोटको बारेकोट गाउँपालिका– ६ धुमामा पहिरोले घर पुर्दा घाइते भएकी सम्झना चलाउनेलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

आइतबार बारेकोटको सेपुखोलाबाट उद्धार गरी हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। चलाउने गम्भीर घाइते भएपछि थप उपचारका लागि पठाइएको उनको भनाइ छ।

बेपत्ता चलाउनेदम्पती भने मृत अवस्थामा फेला पारेका छन्। आइतबार प्रहरीले पहिरोले पुरेको अवस्थामा मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए।

४७ वर्षीय मानबहादुर चलाउने र ३८ वर्षीया प्रेमकुमारी चलाउनेको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पठाइएको उनको भनाइ छ। मृतक प्रेमकुमारी वडासदस्य हुन्।

रातभर पानी परेकाले उद्धारमा ढिलाइ भएको स्थानीयको भनाइ छ। राति  २ बजे घरमाथिबाट पहिरो आएको थियो।