Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ १५ आइतबार ०७:३५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उरुग्वेका चार खेलाडीलाई जरिवानासहित निलम्बन

Read Time : < 1 मिनेट
२०७९ माघ १५ आइतबार ०७:३५:००

कतार फिफा विश्वकपअन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि उरुग्वेका चार फुटबल खेलाडीलाई फिफाले कारबाही र जरिवाना गरेको छ । २ डिसेम्बरमा भएको खेलमा उरुग्वेले घानालाई २–० ले हराएको थियो ।

खेलका क्रममा रेफ्रीले पेनाल्टी अवसर नदिएपछि उरुग्वेका खेलाडी रेफ्रीमाथि अभद्र व्यवहारमा उत्रिएका थिए । खराब व्यवहारपछि फिफाले उरुग्वेका फर्नान्डो मुस्लेरा, जस मारिया, डिअगो गोडिन र इडिसन काभानीलाई कारबाही गरेको हो । फर्नान्डो र मारियालाई चार तथा गोडिन र काभानीलाई एक अन्तर्राष्ट्रिय खेलबाट वञ्चित गरिएको फिफाले जनाएको छ ।

सोही समूहमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले हराउँदै नकआउट चरणमा स्थान बनाएको थियो । एकै समूहमा रहेको उरुग्वे गोलअन्तरमा पछि पर्दै समूह चरणबाटै बाहिरिएको थियो । ३–० ले जितेको अवस्थामा उरुग्वे नकआउट चरणमा प्रवेश गर्ने सम्भावना थियो । फिफाले चारै खेलाडीलाई जनही २० हजार स्विस जरिवाना गरेको छ । साथै, उरुग्वे फुटबल एसोसिएसनलाई ५० हजार स्विस जरिवाना गरेको छ । 

उरुग्वेले अर्काे महिना घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्दै छ । सो खेलमा फर्नान्डो, मारिया, गोडिन र काभानीले खेल्न पाउनेछैनन् । पहिलोपटक मुस्लिम राष्ट्र कतारमा आयोजना भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको थियो ।