१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Sunday, 22 September, 2024
२o७९ माघ १२ बिहीबार १o:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रका हरेक एजेन्डा महासंघसँगै छ : वरिष्ठ उपाध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १o:१४:oo

स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघ सधैँ तत्पर रहेको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताएका छन् । इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ ढकालले हरेक एजेन्डामा जिल्ला–नगर उद्योग व्यवसायीसँग महासंघ रहने बताएका हुन् । 

उनले भने ‘म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदै छु । म यहाँहरूसँग के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने तपाईंहरूले उठाउने हरेक एजेन्डामा महासंघको साथ र समर्थन रहनेछ । जिल्ला वा नगरका व्यवसायी साथीहरूले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ ।’ ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले कर्जाको ब्याजदर कुनै एउटा  बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रण नहुने बताए ।