Skip This
इलेक्ट्रिक पावर लाइट्स र फर्मा एन्ड हेल्थ एक्स्पो सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

इलेक्ट्रिक पावर लाइट्स र फर्मा एन्ड हेल्थ एक्स्पो सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १o:४८:oo

‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ र ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक दुई इन्टरनेसनल एक्स्पो २०२३ एकैसाथ एकै ठाउँमा सुरु भएको छ । नेपालको मिडिया स्पेस सोलुसन्स तथा भारतका एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सुरु भएको हो । 

एक्स्पोको उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपप्रधानमन्त्री लिङ्देनले नेपालका ऊर्जा तथा फर्मा क्षेत्रमा प्रविधि भित्र्याउन यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । आइतबारसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी र विदेशी कम्पनीका गरेर एक सयभन्दा बढी स्टल राखिएका छन् । स्टलमा लाइट, इन्डक्सन चुलो, पंखालगायतका विद्युत्को माध्यमबाट सञ्चालन हुने स्वदेशी तथा विदेशी प्रडक्ट राखिएको छ ।

यस्तै, स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न औषधिहरू पनि प्रदर्शनीमा राखिएको आयोजकहरूको भनाइ छ । साथै, प्रडक्टको प्रत्यक्ष डेमोस्ट्रेसनको सुविधा पनि रहेको तथा विक्रेता र खरिदकर्ताबीच भेटवार्ता गर्ने वातावरण पनि यस कार्यक्रमले बनाएको आयोजनाको भनाइ छ ।

विशेष गरी फर्मा, हेल्थ केयर, विद्युत् तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने उद्देश्यसहित यो कार्यक्रम गरिएको आयोजकको भनाइ छ । साथै, विद्युत्, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलन गरिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गराइएको छ ।  

ad
ad
ad
ad