मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ पौष २९ शुक्रबार २२:१७:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राक्सिराङ गाउँपालिकाको १३औँ गाउँसभाबाट सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार २२:१७:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकाको शुक्रबार सम्पन्न १३औँ गाउँसभाले अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ । साथै, सर्वसम्मत रूपमा विभिन्न सात प्रस्ताव पारित गरेको छ ।

कार्यपालिका सदस्य तथा राक्सिराङ– १ का अध्यक्ष बाबीराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । 

मुक्तानले पेश गरेको अर्धवार्षिक समीक्षासम्बन्धी प्रस्तावमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ दशमलव १६ प्रतिशत बजेट खर्च गर्न सफल भएको उल्लेख छ । 

चालिस करोड २९ लाख चालिस हजार रुपैयाँको बजेट बनाएको गाउँपालिकाले चालु वर्षको २० पुससम्ममा ६० लाख ७ हजार रुपैयाँ खर्च गर्न सफल भएको बताएको छ । 

उपाध्यक्ष बनस्तम थिङद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव गाउँसभाले सर्वसम्मत पारित गरेको छ ।

आकस्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए गरेका निर्णय कार्यहरू अनुमोदनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ । 

साथै, आर्थिक वर्ष ०७७÷०७८ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

सभाले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरूको नाम अनुमोदन गर्नेसम्बन्धी प्रस्तावका साथ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रतिनिधिसभा सांसद महेश बर्तौला, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजालगायतको उपस्थिति थियो ।

कार्यालय सहयोगीदेखि समाजसेवीसम्म पुरस्कृत
गाउँसभाको अवसरमा पालिकाले कार्यालय सहयोगीदेखि समाजसेवीसम्मलाई नगदसहित पुरस्कृत तथा सम्मानित गरेको छ । 

गाउँपालिकाले पत्रकारितामार्फत राक्सिराङको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ग्यालेक्सी टेलिभिजनका प्रदेश ब्युरो प्रमुख देवराज पन्त र थाहा खबरकी संवाददाता सिर्जना नेपाललाई नगदसहित सम्मान गरेको छ । 

यस्तै, उत्कृष्ट शिक्षकको रूपमा विश्व लामालाई सम्मान गरिएको छ भने उत्कृष्ट विद्यालयतर्फ सूर्योदय मावि राक्सिराङ ३ लाई घोषित गरिएको छ । 

एसइई परीक्षामा गाउँपालिकामै सर्वोत्कृष्ट अंक ल्याउने छात्र सन्तोष घलान र छात्रा सुप्रिया सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको छ । 
यस्तै, उत्कृष्ट गैरसरकारी संस्थातर्फ समुन्नत नेपाललाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट समाजसेवीका रूपमा गाउँपालिकाका अविशेक उप्रेतीलाई सम्मान गरिएको छ । 

सहकारी संस्थातर्फ राक्सिराङ बहुद्धेश्यीय सहकारी संस्था र कृषि सहकारीतर्फ कुँडुले महिला कृषि सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । 

सराब अग्र्यानिक कृषि फार्म राक्सिराङ– ८ लाई उत्कृष्ट कृषि फर्मको रूपमा पुरस्कृत गरिएको छ भने राक्सिराङ– ५ कि सरिता स्याङ्बोलाई उत्कृष्ट महिला उद्यमीका रूपमा पुरस्कृत गरिएको छ । 

यस्तै, सामुदायिक वनसमूहतर्फ सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भएको छ भने योजना उपभोक्ता समितिमा पार्सिवाङ रिन्चराङ उपभोक्ता समितिलाई पुरस्कृत गरिएको छ ।

समृद्धिका लागि एकता टोल राक्सिराङ– ८ लाई उत्कृष्ट टोल विकास संस्थाको रूपमा पुरस्कृत गरिएको छ भने मेलमिलाप केन्द्रतर्फ राक्सिराङ– ३ को मेलमिलाप केन्द्रलाई उत्कृष्ट घोषित गरी थलबहादुर थापा र कविता बललाई पुरस्कृत गरिएको छ ।

यसैगरी, स्वास्थ्यकर्मी गणेशकुमार मोक्तान, महिला स्वयंसेविका विष्णुमाया नगरकोटी, वडासचिव दशरथ गुरागाईं, उत्कृष्ट कर्मचारी पासाङ बल लामा, ५ नम्बर वडाका कार्यालय सहयोगी तीर्थ मोक्तानलाई पनि उत्कृष्ट घोषित गरी गाउँपालिकाले पुरस्कार दिएको छ । राक्सिराङ– ९ स्थायी निवासी धर्मराज स्याङ्तानलाई साहित्यमार्फत योगदान गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको छ ।