१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सांसद भन्छन्– सरकारलाई काम गर्न नदिन कांग्रेसले विश्वासको मत दियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५८:oo

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनसाय राखेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गरेका हुन्। उनले सत्तारूढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले सरकारलाई मत दिएर लोकतन्त्रको उपहास गरेको टिप्पणी गरे। सरकारलाई राम्ररी काम गर्न नदिन कुत्सित मनसायका साथ कांग्रेसले जाल फिँजाएको उनको आरोप छ ।

‘भर्खरै सरकार बनेको छ । यो सरकारलाई राम्ररी काम गर्न नदिएर फेरि पनि कुत्सित मनसायका साथ नेपाली कांग्रेसले जाल फिँजाएको हो कि भन्ने कुरा हामीले बुझिरहेका छौँ,’ सांसद श्रेष्ठले भने । उनले सरकारलाई अस्थिर बनाउनेबारे नसोच्न कांग्रेसलाई आग्रह गरे ।

ad
ad