सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेस गरेका छन्।
उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ। रावललाई एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सांसदको समर्थन छ।