अमेरिकी प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेको छ। लामो गतिरोधपछि शनिबार बिहान कंग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो।
क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन्। यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो।
कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटकसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो। डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कंग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए।