१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २० बुधबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महत भन्छन्- गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १५:५५:oo

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रचण्ड र माधव नेपालले बारम्बार गठबन्धन नटुट्ने वाचा गरेसँगै आफूहरू विश्वासमा परेको बताए।  

उनले भने, ‘हामीले कहीँ–कतै वैकल्पिक समर्थन जुटाएर सरकार बनाउन प्रयास गरेनौँ। गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ। नेतृत्व प्रचण्डलाई दिएर अघि बढ्ने र सोच्ने निर्णय गर्ने समय नै भएन।’ 

उनले गठबन्धनबाट कांग्रेस पछि हटेको नभई प्रचण्ड पछि हटेको आरोप लगाए। उनले भने, ‘अहिलेको गठबन्धन अवसरवादी हो। अहिले राजावादीदेखि संविधानविरोधी, संघीयताविरोधी शक्ति मिलेर गठबन्धन बनेको छ। त्यहाँ पद मात्र छ। पदको भागबन्डा मिलेको छैन। यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो।’

उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय समिति बैठकमा बृहत् समीक्षा गर्ने बताए। उनका अनुसार सोही बैठकले पूर्णता नपाएका भ्रातृ संस्था र विभागलाई पूर्णता दिँदै थप गतिशील बनाउने भएको छ।