मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ पौष १८ सोमबार १o:३१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

निरोगी जीवनका लागि नियमित योग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १o:३१:oo

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगा प्रभावकारी माध्यम हो । यसले आत्मविश्वास तथा रोगप्रतिरोधी क्षमता बढाउँछ । जीवन व्यवस्थित गर्न सहयोग गर्छ । समग्र व्यक्तित्वको विकासमा योगको भूमिका महत्वपूर्ण छ ।

दैनिक कम्तीमा २० देखि ३० मिनेट योगा गर्दा शरीर तथा मस्तिष्क ऊर्जाशील रहन्छ । बिस्तारै फिटनेस लेभल बढ्दै गएपछि योगाभ्यासको समयलाई पनि बढाउँदै लग्न सकिन्छ । 

योग गर्दाका फाइदा

  • रक्तसञ्चारमा सुधार आउँछ । परिणामस्वरूप हृदयाघात, मस्तिष्कघात तथा रक्तसञ्चारसम्बन्धी रोग नियन्त्रण हुन्छ । 
  • शरीरमा अक्सिजनको मात्रा बढाउँछ । 
  • रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
  • जोर्नी दुखाइ कम हुन्छ । 
  • तनाव हट्छ ।
  • पूर्ण निद्रा लाग्छ ।
  • भोक लाग्ने र पाचन प्रणालीमा सुधार आउँछ ।
  • दिमाग तीक्ष्ण हुन्छ ।
  • कार्यक्षमता वृद्धि गर्छ । 
  • श्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।
  • एकाग्रता बढ्छ ।
  • सकारात्मक सोचको विकास हुन्छ ।
  • जीवनशैलीमा सुधार ल्याउँछ ।
  • आत्मविश्वास वृद्धि हुन्छ ।

कसरी गर्ने ?
योग सुरु गर्दा प्रशिक्षकको सल्लाह र निगरानीमा गर्नुपर्छ । जथाभावी रूपमा यसको अभ्यास गर्दा उल्टै नकारात्मक समस्या पनि देखिन सक्छन् । बिस्तारै योगासनहरूमा अभ्यस्त हुँदै गएपछि आफैँ गर्न पनि सकिन्छ ।

शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्छ । त्यस्ता मानिसले शरीर तात्ने गरी योगाभ्यास गर्नुहँुुदैन । यसले मुटुमा प्रेसर पर्न सक्छ । तनाव लिएर योग गर्नुहुँदैन । तनावपूर्ण अवस्थामा योगको अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेलगायत समस्या आउँछ ।