१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुलुकको समृद्धि र सामाजिक न्यायका क्षेत्रमा बाँकी जीवन समर्पित गर्छु : प्रधानमन्त्री प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि काम गर्ने बताएका हुन्। 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे। 

उनले सो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको बताए। कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै उनले त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको बताए। 

‘नेपाल सरकारको तेस्रो कार्यकालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक हप्ता बित्न नपाउँदै सुन्दर र पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको हेर्न पाउँदा हर्ष र गर्व महसुस भएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका जनताले पटकपटक गरेको प्रयासमा आन्दोलन, संघर्ष, अनशनहरू, ती अनशन तोड्नका लागि म आफैँले लिएका पहलकदमी र भूमिकाहरू पनि आज मैले स्मरण गरिराखेको छु । पहिलोपटक प्रधानमन्त्री हुँदा या दोस्रोपटक प्रधानमन्त्रीको रूपमा पनि यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दूतावासमा मात्रै होइन, चीन भ्रमणका सन्दर्भमा चिनियाँ नेताहरूसँग मैले लगातार गरेका संवादहरू, अन्तर्क्रियाहरू स्मरण गरिरहेको छु।’ 

प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कनक्टिभिटीको महत्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको त्यसमा ठोस योगदान पुर्‍याउने स्पष्ट पारे। 

ad
ad