१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ५ मंगलबार १७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीति आयुले होइन, आवश्यकताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १७:२७:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आयुले नभई आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन्। मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले देउवा संसदीय दलको नेतामा चयन हुनु नै अहिलेको आवश्यकता रहेको बताए।

कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ। अहिले अन्य दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यकता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको उनले जिकिर गरे।

‘आवश्यकताको सिद्धान्तले चल्छ, आयुको सिद्धान्तमा चल्दैन। कोही बारम्बार हुन्छन् कोही हुँदै हुँदैनन्। परिपक्व नेतृत्वको आवश्यकता छ। देशले खोजेको नेतृत्व हामीले प्रस्ताव गर्ने हो। कांग्रेसको मात्रै बहुमत छैन, हामीले अन्य दलहरूलाई पनि जोडेर सरकार बनाउनुछ। त्यो जोड्ने गुण उहाँमा छ, उहाँ पटक-पटक त्यसै हुनुभएको होइन,’ प्रवक्ता महतले भने।