मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ मङ्सिर २९ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १o:२३:oo

बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन स्थापना गरेको ‘बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’ कारोबारमा आउन नसक्नुको कारण के हो ?
पब्लिक कम्पनी भएका कारण कारोबार सुरु गर्न कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, त्यसका लागि कम्पनीको खातामा न्यूनतम एक करोड रुपैयाँ मौज्दात चाहिने रहेछ । तर, हामीसँग सोबराबरको रकम नहुँदा कारोबारको स्वीकृति पाउन सकेका छैनौँ । रकमान्तर गर्नुपर्ने र चुनावलगायतका कारण अर्थबाट रकम निकासा हुन ढिलाइ भएको जस्तो लाग्छ । 

कम्पनीको संस्थापक सेयरधनीमा नेपाल विद्युत् प्राधिकरण पनि रहेको छ । तत्काललाई प्राधिकरणको सेयरबापतको पैसा ल्याएर कम्पनी सञ्चालन गर्न सक्ने अवस्था के छ ? 
हो, यो पनि उत्तम विकल्प हो । अब अर्थ मन्त्रालयबाट रकम निकासा हुन ढिलाइ भएमा त्यो पनि गर्न सकिन्छ । किनकि, प्राधिकरणले पनि पैसा दिनैपर्नेछ । साथै, प्राधिकरणसँग पैसा पनि छ जस्तो लाग्छ । तसर्थ, यो विकल्प पनि प्रयोग गर्न सक्छौँ । यद्यपि, यो समस्या यो वर्ष मात्रै हो । अर्काे वर्षदेखि बजेटबाट नै पैसा छुट्टिन्छ । त्यसपछि समस्या हुँदैन । यसपालि रकमान्तरण गरेर पैसा ल्याउनुपर्ने भएकाले ढिलाइ भएको जस्तो लाग्छ ।

स्वदेशी लगानीमा बनाउने गरी कम्पनी स्थापना त भयो । आयोजना बनाउन खर्बाैं पैसा चाहिन्छ । त्यो पैसा के–कसरी जुटाउने योजना छ ? 
हामी अहिले त्यो चरणमा प्रवेश नै गर्न पाएका छैनौँ । अहिले कम्पनीलाई सञ्चालनमा ल्याउने, त्यसपछि प्रमुख कार्यकारी निर्देशक (सिइओ) तथा कर्मचारी नियुक्ति गर्नेलगायतका काम गर्छाैं । साथै, विद्युत् विकास विभागबाट आयोजनाको लाइसेन्स लिने काम पनि बाँकी छ । यी यस्ता काम भएपछि मात्रै लगानी जुटाउने काम हुन्छ । समग्रमा लगानी जुटाउन डेढ–दुई वर्ष समय लाग्न सक्छ ।