१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुनः मतदान माग्दै झलनाथ पुगे सर्वोच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:३३:oo

प्रतिनिधिसभा सदस्यका लागि आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै एकीकृत समाजवादीका नेता झलनाथ खनाल सर्वोच्च अदालत पुगेका छन्। 
खनालले इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता गरेका छन्। 

धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग गरेका छन्। 

उनले निर्वाचन आयोग, इलाम निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय, इलामका मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी र संघीय संसद् सचिवालय विपक्षी बनाएका छन् ।

गत ४ मंसिरमा भएको मतदानबाट खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित भएका हुन्। बस्नेतले २५ हजार ७५३ मत पाउँदा निकटतम प्रतिस्पर्धी बनेका खनालले २३ हजार ८९ मत पाएका थिए।

ad
ad