१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २६ सोमबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राजनीतिले धेरै विश्वास गुमाइसक्यो : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १२:३२:oo

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्। सोमबार बुढानीलकण्ठ नगरपालिकास्थित विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिबद्धता गर्ने, तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिनेमा सचेत गराए। विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने उनको भनाइ छ।

‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ। घोषणापत्र लेख्ने, प्रतिबद्धताहरू व्यक्त गर्ने, तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन। राजनीतिको ठूलो तहमा पुगे पनि समाजले सम्मान गर्ने स्थिति हुँदैन,’ उनले भने।

नेता पौडेलले कर तिरेका नागरिकले सुविधा माग्नु गलत नभएको उल्लेख गर्दै नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद भएको बताए। उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

ad
ad
ad
ad