१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २५ आइतबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३५ लाखसहित हुन्डी कारोबारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार २१:२१:oo

स्रोत नखुलेको ३४ लाख ९७ हजार रुपैयाँसहित दुई हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका– १० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र कास्की पोखरा महानगरपालिका– ४ का ६१ वर्षीय विश्वकुमार गुरुङ छन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार गोकर्णेश्वर नगरपालिका– ९ भगवतीथानबाट पक्राउ गरेको हो । बरामद रकम चौधरीले बा.९८प २२०९ नम्बरको स्कुटरको डिकीभित्र लुकाई गोकर्णतर्फ लैजाँदै थिए । 

स्कुटर चलाएका चौधरीले सोधपुछका क्रममा उक्त रकम गुरुङको रहेको बताएका थिए । तर, गुरुङले रकमको स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ । 

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी दिनेश मैनालीले बरामद रकमको स्रोत नखुलेको बताए । ‘झन्डै ३५ लाख रुपैयाँ बरामद भएको छ । रकमको स्रोत खुलेको छैन । 

हुन्डीको रकम भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना सम्बन्धमा अनुसन्धान जारी छ,’ उनले भने । दुवैजनाविरुद्ध प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको छ ।