दोलखाबाट प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा प्रदेश सभा (क) मा कांग्रेस उम्मेदवार कुन्दन काफ्लेको जित सुनिश्चित भएको छ ।
अहिलेसम्म गौरीशंकर, जिरी र मैलुङ, तामाकोसीका सबै तथा वैत्यश्वर गाउँपालिकाका १, ३, ४ र ६ नम्बर वडाको मतगणना सकिएको छ ।
यी मतगणना हुँदा काफ्लेले २० हजार आठ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नर श्रेष्ठले १३ हजार ६ सय ४६ मत पाएका छन् ।
अब वैत्यश्वरका २ र ५ नम्बर वडाको मतगणना बाँकी छ । काफ्लेले लिएको अग्रताभन्दा गणना गर्न बाँकी मत कम रहेकाले काफ्लेको जित सुनिश्चित भएको हो ।