१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Friday, 05 July, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ मङ्सिर ११ आइतबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मास संक्रमणले बढाउँदै छ डिप्रेसन 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार ११:१६:oo

कोभिड महामारीका कारण यस वर्ष विश्वभर एन्जाइटी र डिप्रेसन २५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मास डिप्रेसनका कारण निम्तिने तनाव व्यवस्थापन नहुँदा मानसिक रोगको दर प्रत्येक वर्ष बढ्दै गएको डब्लुएचओले जनाएको हो । 

डा. अनन्त अधिकारी, मानसिक रोग विशेषज्ञ

नेपालमा संक्रमणले निम्त्याएको एन्जाइटी र यसको गम्भीर असरबारे आधिकारिक रूपमा कुनै अध्ययन भएको छैन । तर, कोभिड महामारीपश्चात् आत्महत्या, डिप्रेसन, पोस्ट ट्रमाटिक डिसअर्डर, सिभियर एन्जाइटीको समस्या लिएर अस्पताल पुग्नेदर बढेको मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीले बताए । ‘समुदायमा ठूलो संख्यामा एकैपटक संक्रमण फैलिँदा तनाव निम्तिन्छ, दैनिक जीवनमा व्यवस्थापन गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक रोग पनि देखापर्छ,’ उनले भने ।

डा. अधिकारीका अनुसार अस्पतालमा विभिन्न मानसिक रोगका लक्षण लिएर बिरामी आउने गरे पनि सर्वेक्षण नहुँदा यकिन तथ्यांक पत्ता लगाउन सकिएको छैन । ‘डिप्रेसनलगायतका रोगको जोखिममा रहेकाहरूमा महामारीले झन् धेरै असर पुर्‍याएको छ । खासगरी, भाइरल संक्रमणले पार्ने असर एकदमै न्यून देखिए पनि महामारी आउँदा निम्तिने अन्य सामाजिक समस्याले मानसिक रोगको जोखिम बढाइरहेको हो,’ उनले भने । 

विश्व स्वास्थ्य संगठनले २०२१ मा गरेको एक अध्ययनले विश्वको झन्डै आधा जनसंख्या कोभिड संक्रमणपश्चात् डिप्रेसनका लक्षणबाट प्रभावित रहेको देखाएको थियो । मास संक्रमण भोगेका अधिकांशमा एन्जाइटी र डिप्रेसनका लक्षण गम्भीर नभए पनि करिब एक वर्षसम्म यस्ता लक्षण देखिने गरेको अध्ययनले देखाएका हुन् । 

वासिङ्टन विश्वविद्यालयका क्लिनिकल एपिडेमोलोजिस्ट डा.जियाद अल–अलीका अनुसार संक्रमणको डर, आफन्त गुमाउँदाको पीडा, सामाजिक दूरी र दैनिक गतिविधिहरूको अवरोधका कारण एन्जाइटी देखिनु स्वाभाविक हो । उनी भन्छन्, विशेषगरी महामारीको सुरुमा संक्रमणबाट प्रभावितहरू मानसिक समस्याबाट गु्रजिरहेका छन् । कोरोना भाइरसले नै दिमागमा असर पनि पारिरहेको छ । जसले गर्दा केही मानिसहरूलाई डिप्रेसन हुन्छ, जबकि अरूलाई स्ट्रोक, एन्जाइटी, स्मरणशक्तिमा ह्रास आउनेजस्ता समस्या देखिएका छन् । संक्रमण हुनुअघि कुनै पनि न्युरोलोजिकल र मानसिक समस्याको जोखिम नभएकाहरूमा पनि संक्रमणपश्चात् यस्ता समस्या देखिएका छन् । 

उच्च जोखिममा गम्भीर संक्रमित
कोभिडबाट गम्भीर बिरामी भएकाहरूमा एन्जाइटी र डिप्रेसनको उच्च जोखिम देखिएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन् । जोन हप्किन्स अस्पतालमा आइसियूका बिरामीहरूको उपचारमा संलग्न चिकित्सक मेगन होसीले कोभिडका गम्भीर लक्षण देखिएर लामो समयमा अस्पतालमा बस्नुपर्ने मानिसमा डिप्रेसनको जोखिम बढी भएको बताएका छन् । 

महामारीपश्चात् आत्महत्या र सिभियर मानसिक रोग बढ्नुमा कोभिड मुख्य जिम्मेवार रहेको डब्लुएचओले बताएको थियो । डब्लुएचओको आकलनअनुसार एन्जाइटी प्रभावित र आत्महत्याको दर पुरुषको तुलनामा महिलामा बढी पाइएको छ । त्यस्तै क्यान्सर, आज्मा र मुटुरोग भएका व्यक्तिमा मानसिक रोगको जोखिम बढी पाइएको छ । 

यसबाहेक संक्रमणले निम्त्याएको बेरोजगारी, सामाजिक दूरी, गरिबी, अनिद्राका कारण बढेको अल्कोहलको अत्यधिक प्रयोगले समेत मानसिक असरको प्रमुख कारण भएको चिकित्सकहरू बताउँछन् ।

भाइरल संक्रमणका कारण सिर्जित टाउको दुखाइ र थकान लामो समयसम्म रहेमा यसले शारीरिक समस्या नै निम्त्याउने चिकित्सक बताँउछन् । चिकित्सकले यसलाई क्लिनिकल डिप्रेसनको नाम दिएका छन् । सामान्यतया, संक्रमणको लामो समस्यापश्चात् पनि निराशा, अनिद्रा, खाना नपच्ने, ध्यान केन्द्रित नहुने, आत्मविश्वास घट्नेजस्ता लक्षण देखिएमा चेकजाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन् । समयमै यस्ता समस्याको परीक्षण गरेर जीवनशैलीमा सुधार ल्याउन सकिने चिकित्सकले बताउँदै आएका छन् । 

संक्रमणले कसरी निम्त्याउँछ मानसिक समस्या ? 
संक्रमणले दिमागमा पनि असर पार्ने अनुसन्धानकर्ताहरू बताउँछन्, यसको कारणबारे अझै पनि अनुसन्धान भइरहेका छन् । केही अध्ययनले संक्रमणका कारण निम्तिने सुजनले प्रतिरक्षा प्रणाली र मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । 

ad
ad
ad
ad