१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ११ आइतबार ०८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीका उपमहासचिव पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ११ आइतबार ०८:५९:००

महोत्तरी क्षेत्र नं १ बाट माओवादी उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।  एमाले उम्मेदवार  महतोले २३ हजार ४०२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी उम्मेदवार पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरे । 

पटक पटक सत्ताको केन्द्रमा रहेर मन्त्री बनेका पोखरेल १ हजार ३० मतको मतान्तरले पराजित भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार पोषण बहादुर थापाले ७ हजार ८ सय १२ मत प्राप्त गरे । यस्तै जनमत पार्टीका उम्मेदवार राज किशोर साहले ३ हजार ५ सय ९८ मत प्राप्त गरी चौथो बन्न सफल भए ।