१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Sunday, 29 September, 2024
२o७९ मङ्सिर ७ बुधबार o८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङ २ मा रेखाको अग्रता कायमै, मतान्तर घटाउँदै शंकर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार o८:४o:oo

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् । ३५ हजार हजार ६ सय ३० मत गणना हुँदा रेखाले १३ हजार दुई  सय चार मत प्राप्त गरेकी छन्, भने एमाले महासचिव शंकर पोखरेलले ११ हजार पाँच सय ८० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर एक हजार ६ सय १६ रहेको छ ।

यसअघि रेखाले एक हजार नौ सय १२ मतसम्म अग्रता लिएकी थिइन् । २६ हजार चार सय २१ मत गन्दा रेखाले लिएको त्यो अग्रता, ३२ हजार ६ सय ३० मत गन्दा एक हजार ७ सय तीनमा झरेको थियो । पछिल्लो मतपरिणाम अनुसार उनीहरुबीचको मतान्तर एक हजार ६ सय १६ भएको छ ।  

रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । क्षेत्र नम्बर २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदातामध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।