१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Sunday, 29 September, 2024
नवीन गुरुङ संखुवासभा
२o७९ मङ्सिर ५ सोमबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाका दुर्गम क्षेत्रका मतपेटिका हेलिकोप्टरमार्फत ल्याइयो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १३:५o:oo

संखुवासभाका दुर्गम क्षेत्र भोटखोला गाउँपालिकाका तीन वटा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ।

चीनसँगको सीमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकोप्टरबाट ल्याइएको हो। 

सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर टाढा रहेको किमाथांकाबाट मतपेटिका पैदल ल्याउन तीन दिनभन्दा बढी समय लाग्ने भएपछि हेलिकोप्टरमार्फत् ढुवानी गरिएको हो। 

भोटखोला गाउँपालिका(१ किमाथांकामा १ सय ४८ खसेको छ, भने भोटखोला-२ थुदाम मतदान केन्द २० मत खसेकोछ।

१६४ मतदान केन्द्रमध्ये १०५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा आइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अन्य मतदान केन्द्रको मतपेटिका पैदल सदरमुकाम खाँदबारी ल्याउने काम भइरहेको छ। 

सोमबार आज बेलुकीसम्म मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुुरु हुने जनाएको छ। मतगणनाको लागि जिल्ला समन्वय समितिका हलमा तार जाली र सिसि क्यामेरा जडान गरी तयार गरिएको छ।

संखुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८९२ मत खसेको थियो । संखुवासभामा १ लाख १७ हजार ५५४ मतदाता थिए।