सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ। किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको हो।

'मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ,' विज्ञप्तिमा भनिएको छ।

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स् कोर्स जारी राखिएको बताइएको छ। स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उनको अस्पतालमा राखेर उपचार गरिएको छ। उनको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। 

सुझावित समाचार