अछाममा ओलीविरुद्ध एमालेकै कार्यकर्ताद्वारा नाराबाजी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

अछाममा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध एमालेकै कार्यकर्ताले नाराबाजी गरेका छन्। टिकट वितरणमा पक्षपात गरेको भन्दै ओलीविरुद्ध कार्यकर्ताले नाराबाजी गरेका हुन्। 

'केपी ओली मुर्दावाद, नेकपा एमाले जिन्दावाद' उनीविरुद्ध नाराबाजी भएकाे हाे। एमाले अछाम क्षेत्रीय समन्वय कमिटीको सिफारिसविपरीत ओलीले भीम रावललाई टिकटबाट वञ्चित गरेको भन्दै जिल्लाका ३८ नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नं १ मा रावलको नाम सर्वसम्मत एकल सिफारिस गरेको थियो। तर, पार्टी केन्द्रले एकल सिफारिस भएका रावलको साटो जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिएका थिए। त्यसको विरोधमा जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएर विरोधमा उत्रिएका हुन्।

सुझावित समाचार