लागुऔषधसहित पोखराबाट ४ जना पक्राउ

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

कास्की प्रहरीले पोखराबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरूका साथबाट पाँच सय १० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। 

तिवारीका अनुसार वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकमा सवारीसाधन चेकजाँच गर्ने पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा १९ लामाचौर बस्ने वर्ष २२ का अजय जिसी, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न–११ घर भई हाल पोखरा १६ बस्ने वर्ष २९ का मिलन गुरुङ र वर्ष ४० का सन्तोष गुरुङलाई नुर्फिन ७०, डाइजापाम ७० र फेनरागन ७०  गरी दुई सय १० एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो।

सुझावित समाचार