भारतको हिमाञ्चल प्रदेशमा बाढीमा परी १५ जनाको मृत्यु

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठजना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। मण्डी जिल्लाका एक बासिन्दाले सिन्ह्वालाई फोनमा  भनेका छन्, 'यी ठाउँहरूमा सामान्य जनजीवन अस्तव्यस्त भएको छ।'

सुझावित समाचार